नियम १६०
तालीममा असफल हुँदाको परिणाम
: देहाय बमोजिमको तालीममा असफल हुने प्रहरी कर्मचारीहरूको हकमा देहाय बमोजिम हुनेछ :
(क) प्रहरी जवान, प्रहरी सहायक निरीक्षक, प्रहरी निरीक्षक र प्राविधिक प्रहरी आधारभूत तालीम (जवान तथा अधिकृत तह) मा तालीमरत कुनै प्रशिक्षार्थी आफ्नो काबु भन्दा बाहिरको परिस्थिति परी वा अन्य कारणले असफल भएमा सम्बन्धित परीक्षा समितिको सिफारिसमा त्यस्तो प्रशिक्षार्थीलाई पुन अर्को सोही प्रकृतिको तालीममा समावेश गराउन सकिनेछ । तर संवत् २०६२ सालदेखि पोष्ट ग्रेजुयट डिप्लोमा इन पुलिस साइन्स (पीजीडिपीयस) समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालीमको हकमा नन क्रेडिट कोर्षका लागि यसै नियमानुसार र विश्वबिद्यालय सम्बद्ध क्रेडिट कोर्षका लागि विश्वबिद्यालयको नियमानुसार पुन मौका प्रदान गरिनेछ ।
(ख) उपनियम (१) बमोजिम पुन तालीममा समावेश भएका प्रहरी कर्मचारीको अभिलेखलाई निजको व्यक्तिगत विवरण अभिलेख (डोसीयर) मा जनाउनुु पर्नेछ ।